प्रचण्डको प्रस्तावमा ओलीको असहमति, यस्तो छ ओलीले लेखेको अर्को पत्र (पूर्णपाठ)

काठमाडौँ, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव छलफलका लागि प्रवेश गरेको छ । आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा पार्टीका दुवै अध्यक्षका प्रस्ताव र सम्बन्धित अन्य पत्रहरुमाथि छलफललाई एजेण्डा बनाईएको छ ।

उक्त प्रस्ताव छलफलमा प्रवेश गरेपछि प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले योग्य नभएको बताएका छन् । कार्यकारी अध्यक्ष दाहालको प्रस्ताव छलफल योग्य नभएको भन्दै आजको बैठकमा आफू उपस्थित नभएको ओलीको भनाई छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी जिवनको परिस्थितिमा एकतालाई केन्द्रमा राखेर र अहिलेको संकटलाई सकारात्मक रुपबाट समाधान गर्ने गरि व्यापक रुपमा छलफल अफिल गर्नुभएको छ । दुई अध्यक्षका प्रस्ताव र सम्बन्धित पत्रहरु अध्ययन को लागि एक हप्ताको समय दिइएको छ ।’

तर, बैठकको एजेण्डामा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले असहमति जनाएका छन् । कात्तिक २८ मा ओलीको राजनीतिक र कार्यशैलीगत विषय उठाउँदै दाहालले १९ पेजको प्रस्ताव सचिवालयमा पेश गरेका थिए । त्यसयताका पार्टी बैठक, जवाफि प्रस्तावमा ओलीले राजनीतिक र वैधानिक दुवै हैसियत प्राप्त नभएको भन्दै दाहालको प्रस्ताव छलफल गर्न नसकिने अडान राख्दै आएका छन् ।

मंसिर १३ को सचिवालय बैठकमा ओलीले पेश गरेको ३८ पृष्ठको जवाफि प्रस्तावमा दाहालको प्रस्तावलाई लाञ्छनापत्रका रुपमा व्याख्या गरेका छन् । ओलीले दाहालको प्रस्ताव खारेज गर्न सचिवालयमा माग राखेपनि बहुमत सदस्यले छलफलका लागि अगाडि बढाएको थियो ।

यस्तो छ ओलीको अर्को पत्र

स्थायी कमिटीका प्रिय कमरेडहरु,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गतः २०७७ कार्तिक अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव’ का नाममा मेरा विरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ ।

पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत वहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोग-पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छ । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निशर्त फिर्ता हुनु पर्ने मेरो मान्यता यथावत् छ । एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिङ विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर ठोस प्रस्ताव सहित पर्याप्त तयारीका साथ बैठकमा पर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु ।

तर उक्त अभियोग-पत्र सहित यसबीचका सबै पत्राचार र दस्ताबेजहरुलाई सार्वजनिक गरिएको छ । आफूले खारेज गरिसकेको पार्टीलाई विभाजनको डिलमा पुऱ्याएको त्यस्तो सङ्गीन आरोप-पत्रका बारेमा छलफलमा सहभागी हुन म असमर्थ रहेको ब्यहोरा कमरेडहरुलाई अनुरोध । परामर्श र सहमतिबाट तय गरिएका ना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैभरि रहँदै आएको छ र भविष्यमा पनि कुरा समेत स्पष्ट पार्न चाहन्छु ।

कमरेडहरु, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिष्ट आन्दोलनका दुबै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतृत्व गर्न सक्ने विशाल नेपाल पार्टीको तस्बीर मात्रै मेरो मनमा अङ्कित थियो । हामीले एकीकरणको र पार्टीका कतिपय वैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय गर्यौ । एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखें । त्यसै अनुरुपका संरचना निमार्ण गरिए ।

तर मलाई थाहा थिएन- खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै लाग्नु हुने छ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुने छ । खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहान्छु । तर नपाछ पार्टी नेतृत्वमा नरहने र मलाई स्थायी कमिटीका कमरेड भवादन साहत, नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।

आज पनि म दोहोर्याउन चाहन्छु-महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नु पर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनुरुप सहमतिका आधारमा चल्नु पर्दछ । स्थाका सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो । सत्य व्यक्ति सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छु । अत्यन्त उज्ज्वल संभावना बोकेको र देश तथा जनताले अपार पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गंभीर संकटमा छ ।

यो सङ्कट कुनै वाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट परिवर्तन गर्न खोज्ने र व्यग्र नेतृत्वमोह / सत्तामोहका कारण निम्तिएको छ । मैले त पार्टीको एकता आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने गर्दै नेतृत्व हस्तान्तरणको विष परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् मेरो प्रयाश रहिरहेको छ।

सामूहिक विवेकमाथि विश्वास छ । गतः भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनु भएको थियो। आशा छ, यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुने छ ।

हार्दिक अभिवादन सहित
केपी शर्मा ओली अध्यक्ष एवं प्रधानमन्त्री
२०७७ मङ्सिर २१

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board