दोश्रो विवाह गर्दै कलाकार मनोज गजुरेल

काठमाडौं, २२ मंसिर । कलाकार मनोज गजुरेलले दोश्रो विवाह गर्ने भएका छन्। एक मिडियासँग कुरा गर्दै गजुरेलले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको स्वीकार गरेका छन् ।

उनले मिडियामा विवाह गर्ने कुरा सत्य रहेको र बाँकी कुरा समय आएपछि सार्वजनिक गर्ने बताएका छन् । तर, उनले विवाह चाहिँ को सँग गर्ने भन्ने बारे खुलाएका छैनन् । उनले यस विषयमा व्यहारिक पाटो मिलाएपछि बाँकी कुरा सार्वजनिक गर्ने उनको भनाई छ ।

गजुरेलेको यो दोश्रो विवाह हो। उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो।प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच पारपारचुके भएको थियो भने उनीहरूका एक छोरा र छोरी रहेका रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board