भारतमा ९७ लाखभन्दा बढीलाई कोरोना संक्रमण

काठमाडौं, २३ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख नाघेको छ ।

२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २७ हजारभन्दा बढी संक्रमित भएका छन् । थप २७ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या ९७ लाख ३ हजार ९०८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९१ लाख ७७ हजार ६४५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४० हजार ९९४ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ४०४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार नजिक पुगेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board