सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८८४८.८६

काठमाडौं, २३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ आज सार्वजनिक गरिएको छ । नेपाल र चीनले एकैपटक सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ ।

अबदेखि सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरेका हुन् । उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो ।

फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । विभागले जनाए अनुसार चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको हो । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको थियो ।

इन्डियाले यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो । सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ उद्घाटन हुने सहमति २०१९ को अक्टोबरमा भएको थियो । नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोग गरेर सगरमाथाको मापन गरेको हो । करिब २ वर्षअघि सरकारले सगरमाथाको मापन गर्न सुरु गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board