संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं, २८ मंसिर । आज बिहान ९ बजे बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक कोरम नपुगेर स्थगित भएको बताईएको छ ।

बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष मात्र उपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित भएको हो । संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार परिषद्‍को बैठक बस्‍न ६ सदस्यमध्ये करिब ५ जना उपस्थित हुनुपर्ने प्रावधान छ । उपसभामुख पद रिक्त भएकाले एक जना मात्रै उपस्थित नभए पनि बैठक स्थगित हुन्छ ।

यसअघिनै विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा नआउने भनेर जानकारी गराइसकेका थिए। स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board