ओलीको कार्यशैलीबाट सभामुख असन्तुष्ट, संवैधानिक परिषदको बैठक रोकियो

काठमाडौँ, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटा नगएपछि बैठक रोकिएको हो ।

आइतबार पनि विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा बैठक सरेको थियो । स्रोतका अनुसार बैठक स्थगित गरे पनि बेलुका ५ बजे पुनः बोलाइएको छ । आज बोलाईएको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पुगेका थिए ।

प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर परिषदको बैठकमा संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख अग्निप्रसाद सापकोटा नगएको बुझिएको छ । स्रोतका अनुसार आइतबार संघीय संसद सेवा दिवस परेकाले बैठकमा नगएको बताएका सापकोटाले मंगलबार भने अध्यक्ष र सदस्यहरुवीच समन्वयको अभाव भएको भन्दै बैठकमा नआउने जानकारी प्रधानमन्त्रीलाई गराएको बताईएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board