अमेरिकामा कोरोनाविरुद्धको पहिलो खोप नर्सलाई

काठमाडौं, ३० मंसिर । अमेरिकामा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएकाहरुलाई लगाइदिएर सोमबारबाट खोप अभियान थालेका हुन् ।

बीबीसीका अनुसार न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाइएको छ । यी नर्स आईसीयूमा कार्यरत छिन् । अमेरिकाले फाइजर/बायोएनटेक खोप प्रयोगमा ल्याएको छ । फाइजर÷बायोएनटेकलाई प्रयोगमा ल्याउन अमेरिकाले गत शुक्रबार मात्रै अनुमति दिइएको थियो ।

सोमबार १५० अस्पतालमा यो भ्याक्सिन लगाइएको छ । अमेरिकाले यो अभियानअन्तर्गत सन् २०२१ को अप्रिल महिनासम्म १० करोड जनामा खोप पुर्याउने लक्ष्य लिएको छ । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । कोरोना संक्रमणबाट अमेरिकामा करिब तीन लाख जनाको मृत्यु भइसकेको छ ।

फाइजर÷बायोएनटेक खोप अमेरिकाको एक ठूलो औषधि कम्पनी र जर्मन बायोटेक्नोलोजी कम्पनीका बीच आपसी समझदारीमा तयार पारिएको थियो । यो खोप ९५ प्रतिशत सुरक्षित रहेको बताइन्छ । ब्रिटेनमा यो खोपलाई पहिल्यै अनुमति दिइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board