कांग्रेसका शीर्ष नेताहरु अध्यादेशबारे छलफल गर्न बैठक बस्दै

काठमाडौं, १ पुष । सरकारले संवैधानिक परिषदसम्वन्धी अध्यादेश जारी गरेपछि नेपाली कांग्रेसले पनि विरोध जनाएको छ । त्यसबारे छलफल गर्न नेपाली कांग्रेसको शीर्ष नेताहरुको आज बैठक बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा दिउँसो बैठक बस्दैछ । अध्यादेश जारी गरेपछि नेकपाभित्रै प्रचण्ड-माधव नेपाल पक्षले आपत्ति जनाइरहेका बेला कांग्रेस सभापति देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

हिजो विहान संवैधानिक परिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगेको देउवा अध्यादेश जारी भएपछि साँझको बैठकमा भने बिरोध जनाउँदै सहभागी भएका थिएनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board