नेकपा विवाद: प्रचण्ड-नेपाल समुहको पेरिसडाँडामा ‘प्रदेशगत भेला’

काठमाडौं, ३ पुष । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रदेश-१ को पार्टी भेला गर्दैछन् । स्रोतका अनुसार प्रचण्ड र नेपाल पक्षले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएका छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले उक्त भेलामा पार्टीभित्रको वर्तमान परिस्थितिबारे ब्रिफिङ्ग गर्ने बताइएको छ ।

प्रदेश १ का पार्टी सचिव सुरेश राईका अनुसार पार्टीको अवस्था र अहिलेको परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको हो । प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाईसमेत भेलामा बोलाइएको छ। पेरिसडाँडामा आयोजित भेलामा प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु सहभागी रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board