भारतमा कोभिड-१९ विरुद्धको खोप अर्को महिनादेखि लगाउन सुरू गरिने

काठमाडौं, ३ पुष । भारतमा कोरोना भाईरस विरुद्धको खोप आगामी जनवरीदेखि लगाउन सुरू गरिने भएको छ । सार्वजनिक स्वास्थ्य अधिकारीहरूले अबका केही हप्तामै खोपहरू आपत्कालीन प्रयोगका लागि स्वीकृत हुन सक्ने हुँदा खोप कार्यक्रम छिट्टै सुरू गरिने बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीमा प्रकाशित समाचार अनुसार अहिलेसम्म दुईवटा कम्पनीले यसका लागि आवेदन दिइसकेका छन् भने अन्य ६ वटा चाहिँ क्लिनिकल ट्रायलको विभिन्न चरणमा रहेको समाचारमा जनाईएको छ ।

यो खोप कार्यक्रम अगस्टसम्म ३० करोड जनतामाझ पुर्याउने लक्ष्य रहेको छ । कोरोना भाईरसका कारण भारतमा हालसम्म संक्रमितहरुको सङ्ख्या १ करोड पार गरिसकेको छ भने १ लाख ४४ हजार भन्दा धेरै बिरामीको मृत्यु भईसकेको छ ।

जनवरी र अगस्टका बीचमा ३० करोड जनतालाई खोप लगाइने तयारी भइरहेको छ जस अन्तर्गत सबैभन्दा पहिले एककरोड स्वास्थ्यकर्मीहरुलाई खोप लगाइनेछ र त्यसपछि पुलिस र सेनालाई अनि फ्रन्टलाइनमा खटेका विभिन्न स्तरका कामदारहरुलाई प्राथमिकतामा राखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board