खुमलटारमा ओली–प्रचण्डको एक्ला एक्लै वार्ता

काठमाडौँ, ४ पुस । पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार जानुभएको छ ।

खुमलटारमा ओली–दाहाल एक्लाएक्लै वार्ताको तयारी भएको स्रोतले जनाएको छ । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री ओली खुमलटार आउन लागेको नेकपाकै नेता सुवास नेम्वाङले जानकारी गराएका थिए ।

खुमलटारमा हुने ओली–प्रचण्ड वार्ताले पार्टी विवादमा निकास दिने अपेक्षा गरिएको छ । प्रचण्ड नेपाल समूहले भेला तीब्र पारेपछि निकटस्थहरूले समेत ओलीलाई मिलेर जान दबाब दिइरहेका छन् । अध्यादेश फिर्ता लिन भएको सहमति कार्यान्वयन नगरेपछि प्रचण्ड-नेपाल समूह ओलीविरूद्ध कठोर कदम चाल्ने रणनीतिमा लागेको नेकपा स्रोतले दावी गरेको छ । यसैको श्रृंखलास्वरूप प्रचण्ड.नेपाल समूहले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भेला तथा प्रशिक्षणसमेत गरेपछि ओली अझ बढी दबाबमा छन् ।

यद्यपि शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भएको भेलामा उपाध्यक्ष बामदेव गौतम उपस्थित नभएपछि प्रचण्ड नेपाल समूहमा शंसय छाएको छ । गौतमको अनुपस्थितलाई प्रधानमन्त्री ओली पक्षधरको चलखेलको रूपमा बुझेको स्रोतले जनाएको यो । तथापि गौतमले आफू कुनै भेलामा नजाने तर बैठकमा जाने बताएका छन् । पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयबाट सुरू भएको नेकपाको विवाद पछिल्लो समय विभिन्न राजनीतिक नियुक्ति र संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रकरणबाट झनै चर्किएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board