संसद विघटनविरुद्ध सर्वोच्चमा ८ रिट, नेकपाका ८७ सांसद सर्वोच्च जाँदै

काठमाडौं, ६ पुष । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरूद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश भएका छन्।

कानुन् व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । अहिलेसम्म ८ वटा रिट दर्ताका लागि पेश भएको सर्वोच्चको मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालले जानकारी दिए ।

उनले आफ्नो हातमा पाँच वटा रिट आइपुगेको र बाँकी तीन वटा पनि दर्ताका लागि पेश भएको बताए। ‘सबै रिट दर्ता प्रकृयामा छन्,’ उनले भने, ‘हामीले अध्ययन र प्रकृया पूरा भएपछि निर्णय गर्छौं।’ अधिवक्ता लोकेन्द्र वली, पदम खत्रीलगायतले दिएका रिट दर्ता प्रकृयामा आएका उनको भनाई छ । अधिवक्ता वली लगायतले दिएका तीन वटा रिट हिजै सर्वोच्चमा पेश भएका थिए।

यस्तै नेकपा नेतृ रामकुमारी झाँक्रीका अनुसार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरूले सर्वोच्च जाने तयारी गरेका छन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन् ।

संसद विघटनको निर्णय विरुद्ध नेकपाका ८७ सांसदहरूले सर्वोच्च अदालत जाने भएका हुन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेको बताईएको छ । आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी हुन् ।

प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले सहजै लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरू सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टाछुट्टै गुट भेला चलिरहेको छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि आज सर्वदलीय बैठक बोलाएको छ ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board