दुर्घटनाको अवस्थामा नेकपाः एक अर्को पक्षलाई कारवाही गर्दै

काठमाडौं, ७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला फुटको संघारमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एकै दिन चालेका कदमहरुले नेकपालाई दुर्घटनाको अवस्थामा लगेको हो ।

नेकपा नेताहरु यो घटनासँगै कित्ता काटमा लागेका छन् । फुटको घोषणा हुन मात्र बाँकी रहेको नेकपाका दोस्रो बरियताका नेताहरुलाई आ-आफ्नो समुहमा तान्ने र फकाउने क्रम देखिएको छ ।यसैबीच नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज मंगलबारका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने बताईएको छ ।

एक नेताका अनुसार ओलीलाई असंवैधानिक कदम चालेर देशलाई अस्थिरतामा धकेलेको अभियोग लगाउँदै उनीमाथि पार्टीको सदस्य नरहने गरी कारवाही गर्ने बताए । ओलीले आफ्नै पार्टीको स्पष्ट बहुमत रहेको प्रतिनिधि सभाको विघटन गरेर देशमा राजनीतिक संकट निम्त्याएको प्रचण्ड-नेपाल पक्षको आरोप छ ।

एक स्थायी कमिटी सदस्यका अनुसार ओलीलाई कारबाही गरेसँगै सो बैठकले बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी पनि रहेको जानकारी दिए । ‘केन्द्रीय कमिटी बैठकअघि बस्ने स्थायी कमिटी बैठकले ओलीमाथि कारवाहीको प्रस्ताव तयार पार्छ र त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ’ एक स्थायी कमिटी सदस्यको भनाई छ । सो बैठकले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी रहेको उनले जानकारी दिए । सोमबार नै स्थायी कमिटी बैठक बस्ने भनिए पनि सांसदहरुसँग छलफल, सर्वदलीय बैठक र आपसी छलफलमा व्यस्त भएकोले बैठक मंगलबारको लागि सारिएको थियो ।

यस्तै प्रचण्ड-नेपाल समूहले हिजो बानेश्वरमा भएको सांसदहरुको भेलाले प्रतिनिधि सभाको बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो । नेकपाका ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको हो । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसदको नियमित अधिवेश बोलाउन माग गरेको छ ।

भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरु उपस्थित रहेको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ । भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् ।

यता नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बालुवाटारमा बैठक बोलाएका छन् । आज मंगलबार पार्टी केन्द्रीय समितिका छुट्टाछुट्टै बैठक राखी एक अर्का पक्षलाई कारवाही गर्ने तयारी रहेको जनाईएको छ । जसका कारण नेकपा एकीकरण भएको ३२ महिनापछि औपचारिक रुपमा फुट्ने अनुमान गरिएको हो ।

ओली पक्षले बिहान ९ बजे बालुवाटारमा बोलाएको छ भने प्रचण्ड पक्षले दिउँसोा १ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा केन्द्रीय समिति बोलाएको छ। प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले सहजै लालमोहर लगाएपछि त्यसको चौतर्फित विरोध भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरू सरकारको यो कदमको बिरोधमा छन् भने यस विषयमा नेकपाको छुट्टाछुट्टै गुट भेला चलिरहेको छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतले पनि यसको विरोध जनाएको छ ।

यो पनि पढ्नुहोेस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board