प्रचण्ड-नेपालपक्षीय बैठकमा ३ सय २१ उपस्थित

काठमाडौं, ७ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा तीन सय २१ जना केन्द्रीय सदस्य उपस्थित भएका छन् ।

नेकपाको ४ सय ४६ केन्द्रिय समितिमध्ये प्रचण्ड-नेपाल पक्षको भेलामा भने ३ सय २१ जनाको सहभागी रहेको एक नेताले जानकारी दिए । पार्टीका अर्का अध्यक्ष एवंम प्रधानमन्त्ती केपी शर्मा ओली पक्षको बिहान बालुवाटारमा भएको भेलामा भने कति जना केन्द्रिय सदस्यहरुको उपस्थित रहेको थियो सार्वजनिक भएको छैन ।

प्रचण्ड-नेपाल पक्षले बबरमहलमा जारी बैठकमा राखेको केन्द्रीय समिति बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्दै अध्यक्ष पदबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गर्दैछ । भने ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष घोषणा गर्ने प्रस्ताव स्थायी समितिले तयार गरिसकेको छ।

प्रधानमन्त्री ओलीले आइतबार एकै दिन चालेका कदमहरुले नेकपालाई दुर्घटनाको अवस्थामा लगेको हो । नेकपा नेताहरु यो घटनासँगै कित्ता काटमा लागेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board