भारतमा कोरोना संक्रमित १ करोड १ लाख नाघे : विभिन्न राज्यमा कर्फ्यु

काठमाडौंँ ९ पुस ।  भारतमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख नाघेको छ ।

३ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २३६ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५४४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ९२ हजार ६१ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३०२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको हो ।

यसैवीच कोरोना भाइरसको महामारी थप फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यु लगाइएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा रातको समयमा लागू हुने गरी कर्फ्यु लगाइएको छ । कर्नाटकमा आउँदो पुस १८ गतेसम्म लागू हुनेगरी हिजोदेखि नै कर्फ्यु सुरु भएको हो ।

कर्नाटकका स्वास्थ्यमन्त्री डाक्टर के सुधाकरले रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न आह्वान गर्नुभएको छ । यसअघि महाराष्ट्र राज्यले पनि कर्फ्यु लगाएको छ । महाराष्ट्रमा लगाएको कर्फ्यु आउँदो २१ गतेसम्म लागू हुनेछ ।

नयाँ वर्ष सन् २०२१ र क्रिसमसका बेला भीडभाड र चलहलपहल बढ्ने भएकाले कोरोना महामारी थप फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड एक लाख नाघेको छ ।

सङ्क्रमितमध्ये ९६ लाख ९२ हजार निको भएका छन् । भारतमा अहिलेसम्म एक लाख ४६ हजारभन्दा धेरैको सङ्क्रमणका कारण ज्यान गइसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board