प्रचण्ड-नेपाल समूह शुक्रबार सर्वोच्च र निर्वाचन आयोग जाने

काठमाडौं, ९ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधम समुह शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको बैठकबारे जानकारी दिँदै नेता भीम आचार्यले भने ‘नयाँ सरकार बनाउन सकिन्छ, संसद ज्युँदै छ भन्ने देखाउन परेन ? त्यही भएर सर्वोच्च र निर्वाचन आयोग जाने निर्णय भयो’ उनले भने ।

प्रचण्ड माधव समूहले बिहीबार महासचिव पद भने टुंगो लगाएन । सुरेन्द्र पाण्डे र भीम रावलमध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भएको जनाइएको छ । आजको बैठठकमा छलफल भए पनि भने नभएको बैकमा सहभागी एक नेताले जानकारी दिए ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । बुधबार संसद विघटनविरुद्ध परेको १२ वटा रिटको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो । अन्तरिम आदेश दिन भने राणाको इजलासले अस्वीकार गरेको छ । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बुधबार रिट निवेदकका तर्फबाट बहस गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board