बालुवाटारमा ओली पक्षको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आज अपराह्न शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो बैठक शुरु गरिएको हो ।

बैठकमा मनोनित केन्द्रीय सदस्यलाई शपथ गराइने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । नयाँ थप मनोनीत केन्द्रीय सदस्य ५५६ जना छन् ।

केन्द्रीय कमिटीको यही पुस ७ गते बसेको बैठकले एक हजार १९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । बैठकमा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा पनि सहभागी हुनु भएको उनले बताए । यस्तै नेकपा प्रचण्ड– नेपाल समूहको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बसिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board