संसद बैठक आह्वान गर्न सभामुखलाई जसपाको आग्रह

काठमाडौं, ९ पुष । जनता समाजवादी पार्टीले संसद विघटन नभएको दाबी गरेको छ । जसपाले संसद विघटन नभएको भन्दै बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

जसपाका नेताहरुले सभामुख सापकोटालाई बिहीबार भेटेर प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको र संसद जीवित रहेको भन्दै बैठक आह्वान गर्न आग्रह गरेको हो । सिंहदरबारमा भएको भेटमा जसपाका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर गर्दै सभाको बैठक बोलाउन माग गरेको जनाइएको छ ।

प्रधानमन्त्रीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि जसपाले सो सभा जीवितै रहेको मान्यता राखेको जसपाका नेता केशव झाको भनाई छ । सभामुख सापकोटालाई भेट्न जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण सहभागी थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board