वैधताको लडाइँ : प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग जाँदै

काठमाडौँ, १० पुस । पार्टीको आधिकारिकता आफूसँग रहेको दाबीसहित नेकपाको प्रचण्ड -नेपाल समूह आज निर्वाचन आयोग पुग्दैछ ।आज कार्यालय खुलेपछि सबै केन्द्रीय सदस्यहरू आयोगमा पुगेर बहुमत पक्ष एक ठाउँमा रहेको जनाउ दिन लागिएको हो ।प्रचण्ड नेपाल समूहका ११४ सांसदसहित ३ सयभन्दा बढी केन्द्रीय सदस्य माइतीघर मण्डलामा भेला भएर एकसाथ निर्वाचन आयोग तयारी गरेकाछन् ।

‘हाम्रो पक्षमा बहुमत ११४ सदस्य र बहुमत सदस्य भएकोमा निर्वाचन आयोगलाई आशंका नहोस् भन्ने हाम्रो मनसाय हो, आधिकारिकताको छिनोफानो गर्न उसलाई सहज होस् भनेर हामी बहुमत केन्द्रीय सदस्य आयोगमा पुग्न लागेका हौँ,’ हिमाल शर्माले जानकारी दिए । एकीकरणको ३२ महिनामा विभाजनमा फसेको नेकपामा आफू आधिकारिक रहेको दुबै पक्षले दाबी गरिरहेका छन् । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि बसिरहेका दुबै समूहको समानन्तर बैठकले एकअर्काविरूद्धका निर्णय गरिरहेका छन् ।दुवै समूहले बिहीबार दोस्रो पटक छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक गरेर जिम्मेवारी हेरफेर तथा कारबाही गरेका छन् ।

यसअघि नै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै साधारण सदस्यबाट हटाएको प्रचण्ड नेपाल समूहले ओली सरकारविरूद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । उसले पुस १४ मा प्रदर्शनको घोषणा गरिसकेको छ ।ओलीसमूहले प्रचण्डको कार्यकारी हैसियत खोसेको छ । बिहीबारको दोस्रो केन्द्रीय कमिटी बैठकले प्रचण्डको कार्यकारी हैसियत खोसेको ओली पक्षले जनाएको छ । उसले विभिन्न प्रदेशका दाहाल(नेपाल समूहका इञ्चार्जहरूको जिम्मेवारी खोसेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board