राजधानीको चिसो सडकमा बक्यौता माग गर्दै आएका ६५ वर्षीय उखु किसानको निधन

काठमाडौं, १४ पुष । आफ्नो पसिनाको मुल्यको लागि राजधानी सडकमा आन्दोलनरत एकजना उखु किसानको निधन भएको छ । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको प्रर्दशनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको हो ।

आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरका अनुसार सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको जानकारी दिए । उनलाइ मंगलबार विहान हृदयघात भएको थियो । मंसिर २८ गतेदेखि नै उनी माइतीघरको किसान आन्दोलनमा सहभागी थिए ।

उनलाई हृदयघात भएपछि चाबहिलको हेल्पिङ ह्याण्ड अस्पताल पुर्याएको तर अस्पतालले गंगालल रिफरपछि अस्पताल पुर्‍याएको दुई घण्टामा उनको निधन भएको ठाकुरले बताए । सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका समाजवादी पार्टी सर्लाहीका नेता केदारनन्द चौधरीको भनाई छ ।

‘मृतक यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हमार रुपैयाँ पाउन बाँकी थियो, काठमाडौं जारी आन्दोलनपछि आफूले एक रुपैयाँ पनि बक्यौता नपाएको उनले बताएका थिए,’ चौधरीले थपे, ‘बिहान पाँच बजे फोन गररे यादवले स्वास्थ्य खराब भएको बताए, त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।’

मृतक यादवलाई बैंकको १८ लाख रुपैयाँ ऋण रहेको चौधरीले बताए । पैसा नलिई आन्दोलन नत्याग्ने बताउँदै आएका यादव सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्ता र सहमति सहभागी थिएनन् ।

चार–पाँच वर्षदेखि करिब २५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको थियो । उनको व्यवसाय नै उखु खेती हो । उनले उखु खेतीबाट नै उनको परिवार चलाउँदै आएका थिए । भुक्तानी नपाउँदा सबै लथालिङ अवस्थामा पुगेको छ । खेती र घरपरिवार चलाउनका लागि उनले साहु महाजनबाट ऋण पनि लिएका छन् । उद्योगीले भुक्तानी नदिँदा न ऋण तिर्न सकिरहेका थिए न घरपरिवार ठीकसँग चलाउन सकिरहेका थिए । त्यसले गर्दा उनी तनावमा थिए ।

भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेर उनलाई हृदयघात भएपछि निधन भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीको भनाई छ । ‘सरकारले २१ दिनभित्र भुक्तानी गराउने भनेको छ । २१ दिनभित्र भुक्तानी हुने नहुने निश्चित पनि छैन,’ एक किसानले भने । यो सम्झौताबाट अन्य किसानहरु पनि यो खुसी छैनन् ।

आफ्नो पसिनाको मूल्य खोज्दै सर्लाहीका उखु किसानहरु राजधानी माइतीघर मण्डलामा प्रर्दशन गरिरहेका छन् । प्रनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ । चार वर्षदेखिको बक्यौता रकम भुक्तानी गरिदिन माग गर्दै किसान विगत दुई हप्ताअघिदेखि आन्दोलनरत छन् ।

उनीहरुको आन्दोलनलाई विभिन्न राजनीतिक दल एवं सङ्घसङ्गठनले पनि ऐक्यबद्धता जनाएका छन् । तर पछिल्ला केही दिनयता किसानको मुद्दा छायामा परेको छ । चिसो बढेसँगै किसान बिरामी पर्ने क्रम बढेको छ । “राजनीतिक घटनाक्रमले उखु उत्पादक किसानको आन्दोलनलाई केही असर पारेको छ । यसले किसानलाई विचलित भने बनाएको छैन”, उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले भने, “हाम्रा तर्फबाट आन्दोलन जारी नै छ । घर खर्चका लागि पनि पैसा छैन । त्यसैले कुनै हालतमा पनि अब पैसा नलिई फर्किन्नौँ ।”

किसानको आन्दोलन र सरकारको चर्को विरोधपछि अन्नपूर्ण, श्रीराम, इन्दिरा र लुम्बिनी सुगर मिलले थोरै भए पनि भुक्तानी प्रक्रिया थालेका छन् । तर किस्ता किस्तामा गरिएको भुक्तानीलाई किसानले मानेका छैनन् । सरकार र उद्योगीकै मिलेमतोमा थोरै तिरेर बाँकी रकम नदिने रणनीति बनेको हुनसक्ने किसानको आरोप छ । “भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने भनिए पनि त्यो कार्यान्वयनमा आएको छैन । नेता मिलेर केही पैसा भुक्तानी गराउँदै छन्, अलिकति दिएर बाँकी नदिने उद्देश्य हुन सक्छ । पाँच लाख रुपैयाँ दिनुपर्ने किसानलाई ५०/६० हजार र ७०/८० हजार दिनुपर्ने किसानलाई १०/२० हजार दिएर टार्न खोजिँदै छ”, अध्यक्ष रायले भने, “उखु उत्पादक किसान रहरले आन्दोलनमा बसेका छैनन् । तर यसलाई सरकार र उद्योगीले बुझेनन् ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board