ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोले, अव ओलीको सत्ता धेरै टिक्दैनः अष्टलक्ष्मी शाक्य

काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका नेता वागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले मुलुकमा संघीयता र गणतन्त्र आएपछि, गर्व गरिरहेपनि प्रधानमनत्री ओलीले लोकतन्त्रमाथि धावा बोलेकाले आनदोलनमा जानु परेको बताइन् ।

भृकुटी मण्डमा मंगलबार भएको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेतृ शाक्यले भनिन्, ‘संविधानमाथि कू भएको छ । ओलीको यो कदम निस्तेज बनाउन, संसद सुचारु र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन आन्दोलन गरेका हौ’ ।

नेतृ शाक्यले प्रधानमन्त्री केपी ओली कमरेड केपी ओलीका रुपमा नरहेको बताईन् । केपी ओली निरंकुश र समान्ती शासक बनेको नेतृ शाक्यको भनाई छ । ‘केपी ओलीले जनतामाथि धावा बोल्ने र अधिकार खोस्ने काम गर्नुभयो, अब उहाँ कमरेड केपी अ‍ोली होइन, प्रतिगमनकारी ओली बन्नुभयो’ शाक्यले भनिन्, ‘केपी ओली नेतृत्वको सरकारविरुद्ध दृढताका साथ अघि बढ्छौ । जनताका शक्तिका अगाडि कस्ता कस्ता शासक त ढले भने स्वभाविक रुपमा ओली सरकार पनि ढल्ने छ । ओलीको शासन सत्ता टिक्दैन ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board