२५ वर्षकी युवतीले जब जन्माइदिइन् आफ्नै बुवाको बच्चा !

काठमाडौं — कुनै छोरीले आफ्नो बाबुको सन्तान जन्माउने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ । तर, बेलायतमा भने एउटा यस्तै घटना भएको खबरले अचम्मित बनाएको छ ।

समाचारका अनुसार बेलायतमा एक २५ वर्षकी युवतीले आफ्नो बुवाको सन्तान जन्माइदिएकी छिन् । वास्तवमा ती युवतीले सरोगेट मदर अर्थात् भाडाको कोख दिएर आफ्नो सौतेलो बुवाको लागि बच्चा जन्माइदिएकी हुन्

सौतेलो बुवाको शुक्रकिटसँग ती युवतीको डिम्बको मिलन गराई भ्रुण तयार पारेर उनमा कृत्रिम गर्भाधान गराइएको थियो । ती युवतीको नाम होली हो र उनी अविवाहित छिन् । आफ्नी आमाका कारण उनले सेरोगेट मदर बन्ने निर्णय गरेकी थिइन् ।

उनकी आमाले एन्ड्रयू नामका एक पुरुषसँग बिहे गरेकी थिइन् । नयाँ बिहेपछि आफ्नो नयाँ पतिसँग उनले बच्चा जन्माउन चाहन्थिन् तर परिवार नियोजन गराएका कारण उनले बच्चा जन्माउन सम्भव थिएन । कृत्रिम गर्भाधान समेत सफल भएन । त्यसैले उनले आमाको खुसीका लागि सौतेलो बुवाको शुक्रकिटबाट गर्भाधान गराएर बच्चा जन्माइदिएकी हुन् ।

आमाका लागि स्वस्थ छोरी जन्माइदिएपछि उनले त्यो बच्चा आमालाई सुम्पिएकी छिन् । सुरुमा त परिवारले त्यस प्रकारले जन्मिएको बच्चा ग्रहण गर्न अनकनाए । तर कुरा बुझाएसँगै बच्चीलाई अपनाउन सबै राजी भए । आफैंले जन्माइदिएको आफ्नो आमा तथा सौतेलो बुवाको छोरीलाई आफूले बहिनी मानेर माया गर्ने होली बताउँछिन् ।–एजेन्सी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति