मौसम विवरणः काठमाडौंको तापक्रम यस वर्षकै सबैभन्दा कम, देशभरको अवस्था कस्तो छ ?

काठमाडौं, १६ पुष । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ । मौसमविद राजु प्रधानांगका अनुसार काठमाडौंको न्यूनतम तापक्रम १.२ रहेको छ । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको हो । यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८।५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार केही दिनयता चिसो बढ्ने सम्भावना रहेको छ । तराई मधेसका जिल्लामा बिहान लागेको हुस्सु कुहिरो अहिले भने बिस्तारै हट्दै गएको छ । तत्काल पानी पर्ने प्रणाली भने देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board