लुम्बिनी चिनी मिलका सञ्चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं, १६ पुष । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ परेका छन् । प्रहरीले उनलाई पर्साबाट पक्राउ गरेका हुन् । महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी थियो । त्यसमध्ये एक करोड ३६ लाख रुपैयाँ मिलले जम्मा गराइसकेको छ प्रहरीले उपलब्ध गराएको रेकर्डमा उल्लेख छ । पारिवारिक विवादका कारण भाउजु सुनिता गोयलको नाममा रहेको खाताको दुई करोड रुपैयाँ रोक्का रहेको अग्रवालले बताएका छन् ।

सरकारले किसानलाई ठगी गरेको अभियोगमा पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board