प्रचण्ड-माधव समूहको पेरिसडाडाँमा स्थायी कमिटी बैठक

काठमाडौं, १९ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा बसेको छ । यो समूहले संसद पुनर्स्थापना र नेकपाको वैधानिकताको लागि दबावमुलुक संघर्षको कार्यक्रम गरिरहेको छ ।

पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको प्रचण्ड-नेपाल समुहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।

शनिबार मात्रै दोस्रो चरणको कार्यक्रम घोषणा गरेको यो समूहले संघर्षको थप रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको एक नेताले बताए । हिजो शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

घोषणा गरेको आन्दोलनको कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने यो समुहले जनाएको छ ।

सँगसँगै प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति पनि गठन गरिने जनाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूह सडकमा आएको हो ।

यस्तो छ आन्दोलनका कार्यक्रमहरु:

  • पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
  • पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
  • पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
  • २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।
  • २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
  • २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
  • २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
  • २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
  • २९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।
  • ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।
  • ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
  • १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।
  • १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
  • २२ माघमा वडा तहमा मसाल जुलुस ।
  • २३ माघमा राजधानीमा विरोध प्रदर्शन ।
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board