बादललाई गृहजिल्ला चितवनमा कालोझण्डा

चितवन, २० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका कार्यकर्ताले गृहमन्त्री रामबहादुर थापा बादललाई गृहजिल्ला चितवनमा कालोझण्डा देखाएका छन् ।

सोमबार नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न गृहजिल्ला चितवन पुगेका बादललाई उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् ।

यसअघि पनि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो । पूर्वमाओवादी धारका बादल नेकपा विभाजित भएपछि ओलीतिर लागेका हुन् । बादललको अहिले आफ्नै गृहजिल्लामा पनि विरोध भईरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board