२४ घण्टामा ४०३ जना संक्रमित, ७ को मृत्यु

काठमाडौँ, २० पुष । नेपालमा बितेको २४ घण्टामा देशभर ४०३ जनामा कोरोना भाईरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा १५९ जना महिला र २४४ जना पुरुष रहेका छन् ।

यो अवधिमा ४ हजार ४०१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परीक्षण भएका मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार २८९ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन्। यस्तै २४ घण्टामा ५९४ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ ।

२४ घण्टामा ७ जना गुमाए ज्यान
नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८८५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थप १८५ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ८२ महिला र १०३ जना पुरुष रहेका छन् । यस्तै काठमाडौंमा १४०, ललितपुरमा २१ र भक्तपुरमा २४ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board