अनेरास्ववियूले गर्‍यो सरकारविरूद्ध आन्दोलनको घोषणा (विज्ञप्तिसहित)


काठमाडौं, २१ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज आन्दोलन घोषणा गरेको हो ।

पहिलो चरणको आन्दोलन सकिएपछि आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम ल्याइएको अनेरास्ववियूका नेता रञ्जित तामाङले जानकारी दिए । पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने उनको भनाई छ ।

ओली सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाएर प्रदर्शन गर्ने, क्याम्पसहरूमा कालो ब्यानर राखेर विरोध गर्नेजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिएको अनेरास्ववियूले जनाएको छ । अनेरास्ववियूले संसद विघटनको विरोधसँगै संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने निर्णय पनि अनेरास्ववियूले गरेको छ ।

विज्ञप्ति:

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board