संसद् विघटन संघीयता, गणतन्त्र र समावेशी व्यवस्था विरुद्ध होः माधव नेपाल


काठमाडौं, २२ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन देशै सिध्याइदिने कदम भएको बताएका छन् । बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा उनले संसद विघटनको निर्णय व्यवस्था विरुद्धको कदम भएको बताए ।

कार्यक्रममा उनले भने, ‘घरमा झगडा भए, घरै सिध्याइदिने । परिवारमा झगडा भए, परिवारै सिध्याइदिने ?’, केपी ओली सत्ताको उन्माद रहेको बताउँदै नेता नेपालले भने, ‘यो गैरसंवैधानिक कदम सिंगो व्यवस्था विरुद्ध, संघीयता विरुद्ध, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था विरुद्ध हो’ । तर, ओलीको यस्तो चाहना पूरा हुन नदिने उनको भनाई छ ।

उनले भने, ‘सुनिन्छ, संकटकाल लगाउने । संकट निम्त्याउँदै जाने । तर, त्यस्तो षडयन्त्रको सम्भावना कसैले नदेखे हुन्छ,’ । अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको उनले बताए । संविधान संशोधन गर्ने ठाउँ भए पनि संघीयता, गणतन्त्र, समावेशिता, समानुपातिक व्यवस्था चलाइन नदिइने नेता नेपालको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board