ओलीको विरोध गर्दै धनगढीमा प्रचण्ड-नेपाल पक्षका विद्यार्थीले बाले टायर

काठमाडौं, २४ पुष । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेर विरोध गरेका छन् ।

अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक टायर बालेका हुन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रमसमेत रहेको छ ।

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर आउन लागेका हुन्। सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड—नेपाल समूहका भएकाले पनि ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ। विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको छ भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board