देशभरबाट १० सिट जितेर देखाउन प्रचण्ड–नेपाल पक्षलाई ओलीको चुनौति

काठमाडौं, २४ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपालाई आउने चुनावमा देशभरिबाट १० सिट जितेर देखाउन चुनौती दिएका छन् ।

सुदूरपश्चिमको राजधानी धनगढीमा आज आयोजित आफ्नो पक्षको नेकपाको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले भने प्रचण्ड–नेपाल समूह चुनाव लड्न डराएको र देशभरबबाट दुई अंकको सिट जितेर देखाउन चुनौती दिएका हुन् । प्रधानमन्त्री ओलीले ३ करोड जनता भएको ठाउंमा २ सय ६५ जना पार्टी छाडेर हिड्दैमा कुनै असर नपर्ने टिप्पणी गरे । उनले प्रचण्ड–नेपाल समूहलाई भगौडाको संज्ञासमेत दिए । नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको भन्दै ओलीले पार्टी छाडेर भागेका भगौडाहरुका कुराबाट प्रभावित भइरहनुपर्ने आवश्यकता नभएको आरोप लगाए । उनले छोरी वुहारी, भाइ भतिजा, नाता परिवार र पैसा बाहेक प्रचण्ड–नेपाल समूहका नेताहरुको अन्यत्र ध्यान नगएको आरोप लगाए ।

यसैबीच, प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जान लागेको पनि जानकारी दिए । सम्बोधन क्रममा सुदूरपश्चिमको विकासबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले गौरीफन्टा नाकाको अवस्था सुधार हुने बताए । परराष्ट्र मन्त्री भारत भ्रमणमा जांदा यसबारे कुरा हुने भन्दै उनले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणको जानकारी दिए । केही समयदेखि काठमाडौं र नयां दिल्लीमा परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुबै देशले औपचारिक रूपमा यसको जानकारी दिएका छैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board