प्रधानमन्त्रीकाे सम्बोधनपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्‍को निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्ने एउटा मात्र निर्णय गरेको स्रोतले जानकारी गराएको छ ।

बैठकमा सहभागी एक मन्त्रीले भने ‘प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा अब पूरा देश आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा केन्द्रित हुनुपर्ने कारण राष्ट्रियसभाको अधिवेशन यही अन्त्य गर्ने निर्णय भएको छ । सबै राजनीतिक दल र राज्यका निकायहरु निर्वाचनको तयारीमा लागिसकेका बेला अब ताजा जनादेशबाट नयाँ संसद् निर्माणमा लाग्नुपर्ने भएकाले राष्ट्रियसभाको अधिवेशन तत्कालका लागि अन्त्य गरिन लागिएको हो ।’

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम
छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board