‘…अराजकताको पनि हद हुन्छ नि ?’

राष्ट्रियसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्यायाधीशतर्फ संकेत गर्दै सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारेको बताए । उनले नागरिक समाजका अगुवाहरुको समेत आलोचना गरेका छन् ।

प्रधानमन्त्रीले अदालतलाई स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्‍याउने काम भइरहेको बताए । उनले भने, ‘एक जना वकिलले प्रधानन्यायाधीशलाई वर्तमान र भविष्य सम्झिएर फैसला गर्नुस् भने, उहाँले कस्तो न्याय दिनुभयो होला ? अराजकताको पनि हद हुन्छ नि ?’

प्रधानमन्त्रीको आरोप, ‘बुद्धिजिवी भन्नेले पनि राजनीतिक पक्षधरता देखाए ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board