नेकपा प्रचण्ड-नेपाल समूहको अपिल ! (पूर्ण पाठसहित)

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडकमा उत्रिन सर्वसाधारणलाई अपील गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ पेज लामो अपिलमा यस्तो आग्रह गरेका
हुन् ।

प्रतिगमनविरुद्ध एकजुट हुन आह्वान गर्दै उनीहरुले प्रतिनिधिसभा पुनर्स्थापना नभए देश गम्भीर संकटमा पर्ने दाबी गरेका छन् । ‘यतिवेला अचेत भएको संविधानलाई क्रियाशील बनाउने काम सर्वोच्च अदालतको हो,’ उनीहरुले भनेका छन्, ‘तर, प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने भनेर दबाब दिइरहेकाले हामीले सडकमा निस्केर त्यसविरुद्ध खबरदारी गर्नुपरेको छ ।’

प्रधानमन्त्रीको कदमले देशमा क्रमश स्थापित हुँदै गईरहेको स्थिरता, शान्ति र लोकतन्त्रको जगमै प्रहार भएकाले यसका विरुद्ध लाग्नु र प्रतिगमन विरोधी आन्दोलनलाई सहयोग गर्नु सबै जागरुक नागरिकको कर्तव्य हुन आउने प्रचण्ड–नेपालको ठहर छ । ‘प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई परास्त गरेर मात्र देशको लोकतन्त्र जोगिने छ, राष्ट्रियता बलियो हुनेछ । त्यसैले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई पराजित गर्न र प्रतिनिधिसभा पुनस्र्थापना गर्ने अभियानलाई साथ दिन आम नेपाली समक्ष हाम्रो हार्दिक अनुरोध छ,’ उनीहरूले भनेका छन् ।

अपिलको पूर्णपाठ :-

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board