‘केपी ओलीले प्रधानमन्त्री छाेड्नुपर्‍यो’ : नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताएका छन् ।

गणतन्त्र आउन सक्दैन भनेर तत्कालीन नेकपा एमाले पार्टी बैठकमा ओलीले फरक मतसमेत राखेको नेपालको भनाइ छ ।

उहाँ गणतन्त्र विरोधी हुनुहुन्छ । उहाँ गणतन्त्र आउन सक्दैन भन्नुहुन्थ्यो पार्टीमा फरक मत पनि राख्नु भएको थियो, आफू निकटका प्रेस संगठनको भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने ।

उहाँ कि कामचलाउ प्रधानमन्त्री हुनुपर्‍यो कि प्रधानमन्त्री छोड्नुपर्‍यो, उनले भने । प्रचण्ड र आफूलाई ओलीले भर्‍याङ मात्रै बनाएको नेपालको भनाइ छ । ‘

ओलीले नेकपा एमाले पार्टीको संगठन निर्माणमा पनि भूमिका नखलेको दाबी गरेका नेपालले आफूले नै त्यसबेला पार्टी संगठन बनाएको बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board