‘ओलीसँग तत्काल एकता हुने स्थिती देख्दिन’ – प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल खेमाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली खेमाको नेकपास“ग तत्काल पार्टी एकता हुने स्थिती नभएको बताएका छन् ।

ओली र प्रचण्ड–नेपाल दुवै खेमाका नेकपा वैधानिक रुपमा फुट नभइसकेको अवस्थामै अध्यक्ष प्रचण्डले भोलीको दिनमा पार्टी एकताको सम्भावना रहला या नरहला तर तत्काल भने पार्टी एकताको सम्भावना नरहेको दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित प्रचण्ड–नेपाल समूहको सम्पादक एवम् बुद्धिजिवीहरुको एक भेलामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको भन्ने कुरा प्रचण्ड–नेपाल पक्षले भनेर मात्रै पत्रकार, नागरिक समाज र बुद्धिजिवी वर्गहरु विरोधमा नउत्रेको भन्ने प्रष्ट पारेका छन् । प्रचण्डले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा निर्वाचनलाई कहिल्यै पनि अस्विकार्य नहुने तर निर्वाचनले मात्रै संविधान माथिको प्रहारको क्षतिपूर्ति तिर्न नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । संसद विघटनस“गै देशमा उत्पन्न भएको राजनीतिक संकटको समाधान गर्न सबैले एकआपसमा हातेमालो गर्नुपर्ने उनको भनाई छ ।

शाकाहारी आन्दोलन अपर्याप्त भएको भन्ने आफ्नो भनाईलाई स्पष्ट पार्दै नेकपा अध्यक्ष प्रचण्डले लोकतन्त्रमाथी यति छिट्टै प्रहार हुँदा आफूहरु कहिलेकाहीं आवेग र आक्रोशमा आउने गरेको समेत बताए । त्यसो त, शान्त भएर मात्रै संसद पुनस्र्थापना नहुने भन्दै संसद विघटनविरुद्धको आवाज आवेगपूर्ण हुनुपर्नेमा प्रचण्डले जोड दिदै आएका छन् ।

प्रचण्ड–नेपाल खेमाका अर्का अध्यक्ष माधवकुमार नेपालले पनि नेकपाको झगडा केबल कुर्सीका लाागि मात्रै नभएको भन्ने कुरा थप स्पष्ट पार्दै लानुपर्नेमा जोड दिएका छन् । नेपालले सबै राजनीतिक दल र नेताहरुलाई पत्रकार, बुद्धिजिवी एवम् नागरिक समाजका अगुवाहरुले सबै उस्तै–उस्तै हुन् भन्दा आफूलाई चित्त दुख्ने गरेको बताए । उनले समाजमा असल मान्छे पनि छ भन्ने कुराको प्रमाणित गर्नुपर्नेमा जोड दिए ।

प्रचण्ड–नेपाल समूले पत्रकारहरुसँगको उक्त अन्तरक्रियामा आगामी रणनीति, जनविश्वास एवम् प्रतिबद्धताका लागि श्वेत पत्र प्रकाशित गरिने निष्कर्ष निकालेको छ । यसका साथै देशमा घटिरहेका तत्काल विषयवस्तु र पार्टीका नियमित कार्यक्रमहरु थप प्रभावकारी बनाउ“दै लाने प्रचण्ड–नेपाल समूहले जनाएको छ । भेलामा प्रवक्ता नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, किर्तिनिधि विष्ट लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board