काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको आरोप लगाए । अपांगता भएका व्यक्तिहरुसंग आज भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद विघटन भयो भनेर कराउनेहरु संविधान, लोकतन्त्र र देश विरोधी भएको जिकिर गरे ।
आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उनको दाबी छ । बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानु परेको उनले दाबी गरे । प्रधानमन्त्री ओलीले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरुलाई ठेगान लगाउन आग्रह गरे ।
COMMENTS