भारतमा २४ घण्टामा ९ हजार ५३ जनामा संक्रमण, ११६ को मृत्यु

काठमाडौँ, १३ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ११६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ६२४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ९ हजार ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ७७ हजार ७१० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board