काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।
आफूहरु नै आधिकारिकता नेकपा भएको दाबी गर्न र आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिन उनी निर्वाचन आयोग पुगेका हुन् ।
यही माघ १६ गते आयोगले नेकपा विवाद र निर्वाचनको तयारीको विषयमा छलफल गर्न नेकपाका पक्षलाई बोलाएको थियो ।
प्रचण्ड–माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरिसके पनि प्रधानमन्त्रीसमेत रहेका ओली भने गएका थिएनन् ।
नेकपाका दुई खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।
COMMENTS