विरोध प्रदर्शनअघि प्रचण्ड-माधव समूहको मार्चपास

काठमाडौं, २७ माघ । नेकपा प्रचण्ड–माधव समूहले भोलि हुने वृहत विरोध प्रदर्शनअघि मार्चपास गरेका छन् । बुधबार हुन लागिएको प्रदर्शनको लागि खटिने स्वयंसेवकले आज मंगलबार मार्चपास गरेका हुन् ।

प्रदर्शनीमार्गस्थित वाल्मिकि क्याम्पसबाट सुरू हुने स्वयंसेवकको मार्चपास पुतलीसडक बागबजार-पुतलीसडक-कमलादी-रत्नपार्क हुँदै वाल्मिकिमै आएर सकिने बताइएको छ ।

उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शनलाई भव्य बनाउन प्रदर्शनको जुलुसका नेतृत्वकर्ता र सुरु हुने स्थानबारे प्रचण्ड-माधव समूहले विवरण नै सार्वजनिक गरेको छ । बुधबार बिहान ११ बजेबाट प्रर्दशन सुरू हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board