प्रचण्ड-माधव समूहले निकाल्यो विरोध जुलुस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्ष) ले आज गर्न लागेको विरोध प्रदर्शन अन्तर्गत जुलुस निस्कने क्रम शुरूभईसकेको छ ।

पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमल गरी उपत्यकाका पाँच ठाउँबाट निस्कने जुलुसको लागि नेता कार्यकर्ता भेला हुँदैछन् । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेताले जुलुसको नेतृत्व गर्ने बताइएको छ ।

केन्द्रीय संघर्ष समितिकाे १२ बजे शुरू हुने मूल जुलुस सुन्धारा-वीरअस्पताल-जमल-घण्टाघर-बागबजार-पुतलीसडक-पद्मोदय मोड-प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपस्थित सभास्थलमा पुग्नेछ।

यसअघि ९ माघमा राजधानीमा विरोधसभा गरिसकेको प्रचण्ड-माधव पक्षले आजको विरोध प्रदर्शन अहिलेसम्मकै ठूलो हुने दाबी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board