डाक्टरले बचाउन नसकेको प्रचण्डलाई झँक्रिले पनि सक्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना पनि गरेओलीले नेपालमा कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको दावी गरेका छन् ।

विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्डले विगतमा वैद्य र डाक्टरको लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै कटाक्ष गरे । उनले भने, ‘उनी प्रचण्डलाई वैद्यले छाडे, त्यसपछि डाक्टर लिए ।, डाक्टरले छाडेपछि अहिले झाँक्री लिए । डाक्टरले बचाउन नसकेको प्रचण्डलाई अब झाँक्रीले बचाउन सक्नु हुन्न उनलाई, नेपालको राजनीतिमा बचाउन सम्भव छैन, सिध्धिसकेको प्रचण्डलाई मैले ठूलो राखिदिएको थिएँ तर उनमा अंहाकार चढेको छ ।’

विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा बाबुराम भट्टराई रहेका थिए भने उनीहरुहले प्रचण्डको साथ छाडेर बाटो लागेको सन्दर्भमा अहिले रामकुमारी झाँक्रीहरुलाई लिएर अघि बढेको ओलीको कटाक्ष थियो । उनले जनसहभागिता कस्तो हुन्छ भन्ने जान्न विराटनगरको सभा हेर्न पनि प्रचण्ड नेपाल समूहलाई चुनौति दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board