योगेश भट्टराई प्रचण्ड–नेपाल समूहको प्रेस संगठन इन्चार्ज

काठमाडौं, ९ फागुन । नेकपाको प्रचण्ड–नेपाल समूहले योगेश भट्टराई प्रेस संगठन नेपालको इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको छ । संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका हुन् ।

उहाँ यसअघि विदेश विभाग उपप्रमुखमा रहेका थिए । महेश्वर दाहाल र ओम शर्मा यसअघि नै सहइन्चार्ज रहेका छन् । प्रेस संगठनको पदाधिकारी समेत यो समूहले टुंग्याएको छ । एमाले र माओवादी एकतापछि प्रेस संगठनका सहसंयोजक रहेका गणेश बस्नेत ओली समूहमा लागेपछि रिक्त स्थानसहित थप पदाधिकारी समेत बनाइएको छ । महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिव राजेश राई चयन भएका छन् ।

१९ सदस्यीय केन्द्रीय कार्यालय पनि बनाइएको संयोजक दाहालले बताए । केन्द्रीय कार्यालय प्रचण्ड र माधव नेपालका तर्फबाट ५०५० प्रतिशतको अनुपातमा बनाइएको छ । केन्द्रीय कार्यालयमा पूर्वएमालेबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् । पूर्वमाओवादीबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board