काठमाडौं । प्रतिनिधि सभा पुनस्र्थापना भएपछि सांसद्ले पुस ५ गते यताको तलब एकमुष्ट पाउने भएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद् नचलेको अवधिको पनि तलब पाउने भएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए ।
संसीय संसदमा महासचिव डा. भरत गौतमले पुसको बांकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने बताए । सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयां छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ ।
COMMENTS