विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ । शुक्रबार ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।

काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आज बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको बताए । यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्याइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board