विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघ्यो: मृतकको संख्या २६ लाख ५८ हजार नाघ्यो

काठमाडौं, १ चैत । विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ८०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ३५ हजार ५९० पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ८ लाख ३ हजार ६८९ छ । यसमध्ये ८९ हजार २७१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ८५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २६ लाख ५८ हजार ८८७ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ४६ हजार ५६७ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ७७ हजार २१६ जना, भारतमा १ लाख ५८ हजार ६४२ जना, रूसमा ९१ हजार ६९५ जना, बेलायतमा १ लाख २५ हजार ४६४ जना, फ्रान्समा ९० हजार ३१५ जना, इटालीमा १लाख १ हजार ८८१ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ९ करोड ६५ लाख ७३ हजारभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board