काठमाडौं ३ चैत । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली सत्यसंग नलड्ने र असत्यसंग नझुक्ने चेतावनी दिएका छन् । आज सरकारी निवास बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै उहाले संयमता अपनाउन आग्रह गरे ।
उनले चियापानमा सहभागी नभएका खनाल–नेपाल समूहका नेताहरुतर्फ लक्षित गर्दै उनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्षले बोलाएको चियापानमा सहभागी नहुनेहरु कसको निमन्त्रणमा सहभागी हुनुहुन्छ भन्दै प्रश्नसमेत गरे । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आजको चियापान बहिस्कार गरेका छन् ।
प्रधानमन्त्री ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा नजान नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले गुटको भेला नबोलाउन समेत आग्रह गरे ।
COMMENTS