कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, भेन्टिलेटरम उपचार हुँदै

काठमाडौं, ४ चैत । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ ।नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उनको नर्भिक अस्पतालमा भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ उनका स्वकीय सचिव पुष्कर पाण्डेले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्य गम्भीर रहेको छ ।

उनले भने , ‘केही मिडियाले गलत समाचार लेखे । यसले तनाव बढाएको छ । उहाँको भेन्टिलेटरमा रहेर उपचार नै भइरहेको छ । पाण्डेका अनुसार नेता जोशीमा ब्रेनमा समस्या छ, रक्तचाप न्यून रहेको छ, फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर छ । जोशीको वरिष्ठ न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको छ । गत फागुन १४ गते बेहोस भएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मस्तिस्कघात भएका जोशीलाई बीचमा भेन्टिलेटरबाट आइसीयूमा सारिएको भए पनि पछि फेरि स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार भइरहेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board