सरकारको नेतृत्व लिन राजनीतिक वातावरण बनिनसकेको छैन : प्रवक्ता विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण मिलिनसकेको प्रतिक्रिया दिए । उनले सभापति देउवालाई प्रधानमन्त्री पद चाहिएको भन्ने विषयमा सत्यता नभएको पनि स्पष्ट पारे ।

यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट उहाँ नभाग्ने मनस्थितिमा रहेको खुलासा समेत गरे । वर्तमान राजनीतिक अवस्थामा सरकारको नेतृत्वका सम्बन्धमा कांग्रेस किन स्पष्ट हुन नसकेको भन्ने प्रश्नमा उनले आफैसँंग भएको सांसद संख्या र अन्य दलहरुमा भएको अन्तरकलह तथा परिणामको स्पष्ट तस्वीर बाहिर आईनसकेकाले पार्टीले पनि धारणा तय नगरेको बताए । उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषण पछि पार्टी निर्णयमा पुग्ने जिकिर गरे ।

प्रवक्ता शर्माले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि स्पष्ट पारे । उनले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दे कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गरे । पछिल्लो राजनीतिक अवस्थाले नेपाली कांग्रेस पार्टीले सरकारको नेतृत्व खोजिरहेको भएपनि राजनीतिक गणित त्यो ढंगले विकसित नभएको उनको तर्क छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board