सावधानी अपनाएर होली मनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान गरेकी छन् ।
अहिले पनि कोरोना भइरस (कोभिड–१९) महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गरेकी हुन् ।

होली पर्वको शुभकामना दिदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्‍भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरेकी छन् ।

साथै यसै पर्वका अवसरमा राष्ट्रपति भण्डारीले सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणको कामनासमेत गरेकी छन् । ‘यो पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति¸विसङ्गति¸कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य¸सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु,’ उनको शुभकामना सन्देशमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board